२३ चैत्र २०८२, सोमबार | April 6, 2026

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी



काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको रिटमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

आइतबार विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा भएको बहस नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो । हिजो ओली र लेखकका तर्फबाट कानुन व्यवसायीहरूले बहस प्रस्तुत गरेका थिए ।

गत भदौमा भएको जेनजी आन्दोलन सम्बन्धी घटनाबारे गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो । सोही क्रममा प्रहरीले चैत १४ गते ओली र लेखकमाथि नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि ज्यानसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउविरुद्ध राधिका शाक्य र यशोधा थापाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए ।

यसैबीच, काठमाडौं जिल्ला अदालतले आइतबार उनीहरूलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ८ : २० बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको