काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई स्टन्ट गर्ने गतिविधिभन्दा जनताको पक्षमा ठोस काममा केन्द्रित हुन आग्रह गरेका छन्।
दुलालले सरकारलाई ‘स्टन्ट’ गरेर समय खेर नफाल्न सुझाव दिँदै देशका युवाहरूको अपेक्षा पूरा गर्न वास्तविक काम आवश्यक रहेको बताए।
उनले भने, “सरकार एक्सनमा जाओस्, तर स्टन्ट गरेर समय बर्बाद नगरोस्। ट्रायल र प्रदर्शनात्मक गतिविधिमा समय खर्च गरियो भने हामीले नवयुवाको भावना सम्बोधन गर्न सक्दैनौं।”
बैठकमा बोल्दै उनले राज्यबाट ऐतिहासिक रूपमा पछाडि पारिएको दलित समुदायप्रति माफी मागिएको विषयलाई भने सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।
दुलालले सरकारलाई संविधान पढेर त्यसअनुसार काम गर्न सुझाव दिए ।


















प्रतिक्रिया