काठमाडौं । बालेन्द्र शाह (बालेन)ले आह्वान गरेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सिंहदरबारमा जारी रहेको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ बजेदेखि सुरु भएको हो ।
यसअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको थियो । त्यसको केही दिनमै पुनः आकस्मिक बैठक बोलाइनुलाई सरकारले महत्वपूर्ण विषयमा छलफल तथा निर्णय प्रक्रिया अघि बढाएको संकेतका रूपमा हेरिएको छ ।
आकस्मिक रूपमा बोलाइएको यस बैठकबाट समसामयिक राष्ट्रिय विषयहरूमा महत्वपूर्ण निर्णय हुने अपेक्षा गरिएको छ ।


















प्रतिक्रिया