३२ असार २०८३, बिहिबार | July 16, 2026

‘राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ’



तनहुँ । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सधैँ अग्रसर रहेको बताएका छन ।

आज यहाँ आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उनले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको संरक्षणमा इतिहासदेखि नै अतुलनीय योगदान गर्दै आएको बताए ।

प्रधानसेनापति सिग्देलले नेपाली सेनालाई आफ्नो ऐतिहासिक परम्परा कायम राख्दै वर्तमान तथा भविष्यका चुनौती सामना गर्न सक्षम संस्थाका रूपमा विकास गर्नुपर्छ भने ।

उनले देशको सार्वभौमिकताको रक्षाका साथै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तरराष्ट्रिय शान्ति स्थापनामा सेनाले निर्वाह गरेको भूमिकाले नेपाली सेनालाई स्वदेश तथा विदेशमा विश्वसनीय र सम्मानित संस्थाका रूपमा स्थापित गरेको बताए ।

प्रधानसेनापति सिग्देलले नेपाली सेनाको कल्याणकारी बोर्डले लाभग्राहीलाई एउटै छानामुनि ल्याउन सञ्जाल निर्माण तथा विस्तार गर्दै आएको बताए । उनलेसमग्र आर्थिक क्षेत्रमा आएको सङ्कुचन र सुस्तताका कारण बैङ्किङ क्षेत्रमा थपिएको चुनौती, मुद्दती निक्षेपको ब्याज आम्दानीमा आएको गिरावट तथा शान्ति स्थापनामा खटिएका फौजको सङ्ख्यामा भएको कटौतीले कल्याणकारी कार्यक्रमको सञ्चालन र दिगोपनामा चुनौती थपिएको बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १२ : ४४ बजे

पुराना सबै स्मार्ट लाइसेन्स छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै

काठमाडौं । लामो समयदेखि छपाइ हुन बाँकी रहेका सवारी चालक

धादिङको जवाङखोलामा सुक्खा पहिरो, पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङखोलानजिक

पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा ९एमाले० का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध

बागमती प्रदेशमा पत्रकारलाई उपचारमा सहुलियत

बागमती । बागमती प्रदेश सरकारले बागमती प्रदेशका पत्रकारलाई प्रदेश अस्पतालबाट

परराष्ट्रमन्त्रीसँग अतिरिक्त सचिव महावरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव