१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधिमण्डलले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गरेको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीसमेतको उपस्थितिमा भएको भेटमाविश्व बैंकको सहयोगमा कार्यान्वयन हुने ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट’, मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका लागि पहुँच विस्तार, ‘डेटा’ व्यवस्थापन, डिजिटल रूपान्तरण तथा शासकीय सुधारबारे छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्री तिमिल्सिनाले नेपालको सामाजिक– आर्थिक विकासका निम्ति विश्व बैंकले निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट तीव्र गतिमा कार्यान्वयन गरिने बताए ।

नयाँ सरकार गठनपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी काम सुरु भइसकेको उल्लेख गर्दै उनले विगतभन्दा फरक ढङ्गले काम गर्दै आयोजनाका समस्या समाधानतर्फ सरकार केन्द्रित रहेको सुनाए । साथै विश्व बैंकसँगको सहकार्यमा कार्यान्वयनमा गएका आयोजनाको प्रगति पनि शीघ्र देखिने बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १ : ५८ बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई