२५ चैत्र २०८२, बुधबार | April 8, 2026

होटल पौवा बुटवलले स्थापना दिवसमा सामाजिक तथा सचेतनामूलक कार्यक्रम गरी मनायो



बुटवल । होटल पौवा बुटवल शाखाले १० औँ स्थापना दिवस विभिन्न सामाजिक तथा सचेतनामूलक कार्यक्रमका साथ मनाएको छ । स्थापना दिवसका अवसरमा होटल अगाडिबाट शान्तिचोकसम्म र होटल पछाडिबाट नरुमल्ल पथसम्म सरसफाइ अभियान सञ्चालन गर्नुका साथै र्‍यालीसमेत निकालिएको थियो । होटल परिसर परिक्रमा तथा सरसफाइ कार्यक्रममार्फत स्थापना दिवस मनाइएको हो ।

यसै अवसरमा मानवसेवा आश्रम, तिलोत्तमामा आश्रय लिइरहेका आश्रितहरूलाई भोजन गराइएको होटलका म्यानेजिङ डाइरेक्टर विष्णु ज्ञवालीले जानकारी दिए । उनका अनुसार संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत जेष्ठ नागरिक, शारीरिक तथा मानसिक रूपमा कमजोर आश्रितहरूलाई खाना वितरण गरिएको हो ।

ज्ञवालीले आश्रयविहीन व्यक्तिहरूको संरक्षणमा योगदान दिँदै आएको मानवसेवा आश्रमको अभियानमा सहभागी हुन पाउनु होटल पौवाका लागि गौरवको विषय भएको बताए ।

होटलका शाखा प्रमुख प्रकाश पाठकका अनुसार पौवाले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय तथा स्वस्थकर खाना प्रदान गर्दै आएको छ र सोही प्रतिबद्धताअनुसार स्थापना दिवसका अवसरमा आश्रमका आश्रितहरूलाई पनि स्वस्थ र स्वादिष्ट भोजन प्रदान गरिएको हो ।

आश्रममा रहेका करिब ८० जना आश्रित तथा सेवामा खटिएका स्वयंसेवकहरूलाई बिहानको खाना वितरण गरिएको थियो । कार्यक्रममा शाखा प्रमुख प्रकाश पाठक, उपप्रमुख प्रकाश घिमिरेलगायत होटलका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ६ : ४२ बजे

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण