२० भदौ २०८३, शनिबार | September 5, 2026

अव पत्रकार महासंघ बाँकेको आफ्नै सभा हल : अध्यक्ष चौधरीद्वारा उद्घाटन



नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आजबाट आफ्नै सभाहल पाएको छ । महासंघकै भवनमा निमार्०ा भएको डुडुवा सभा हल आजबाट संचालनमा आएको हो ।

डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा नवनिर्मित डुडुवा सभा हलको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) ले आज एक कार्यक्रमका बीच उद्घाटन गरे । चौधरीले शिलालेख अनावरण एवम् रिबन काटेर सभा हलको उद्घाटन गरेका थिए ।

शाखाको नेपालगन्ज ४ सञ्चारग्राम (बसपार्क) स्थित भवनको दोस्रो तलामा सभा हल निर्माण गरिएको हो । डुडुवा गाउँपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा सभा हल निर्माण गरिएको अध्यक्ष नवीन गिरीले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा साविक जिल्ला विकास समिति, नेपालगन्ज उपमहानगरपालिका लगायतको सहयोगमा शाखाको भवन निर्माण गरिएको थियो ।

नव बर्ष २०८३ को पूर्व सन्ध्यामा आयोजना गरिएको सभा हल उद्घाटन एवम् भित्तेपात्रो विमोचन कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले स्थानीय मिडियाको संरक्षण, प्रबद्र्धन र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए । लोकतन्त्रमा मिडिया वाचडगको रुपमा रहने भन्दै उनले मिडिया नै खास प्रतिपक्षको भूमिकामा रहनुपर्ने बताए । अध्यक्ष चौधरीले आफू मिडियासंग सहकार्य र समन्वय गरेर अघि बढिरहेको बताए ।

पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले सरकारले निजी मिडियालाई नियन्त्रण गर्न खोजेको आशंका ब्यक्त गरे । सरकारको नीति विरुद्ध सबै पत्रकार गोलबद्ध हुनुपर्नेमा उनको जोड छ ।

शाखा अध्यक्ष गिरीले महासंघको अगुवाईमा डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा चालू आर्थिक बर्षभित्रै सञ्चार नीति निर्माणका लागि काम अघि बढेको बताए । सभा हल निर्माणका लागि सहयोग गरेकोमा डुडुवा गाउँपालिकालाई धन्यवाद दिँदै गिरीले निरन्तर सहकार्यका लागि आग्रह समेत गरे ।

त्यसक्रममा महासंघ लुम्बिनी प्रदेश सचिव गोविन्द शर्मा, बाँके शाखाका पूर्व अध्यक्षहरु झलक गैरे, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

यसैगरी कार्यक्रममा अवधि पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र, प्रकाशन तथा प्रशारण समाजका केन्द्रिय सचिव आशिष कुमार गुप्ता, क्रियाशील पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरी, थारु पत्रकार संघ बाँकेका अध्यक्ष जागेश्वर सिंह थारु, ठकुरी पत्रकार समाजका बाँकेका सचिव विजय मल्लपनि बोलेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ६ : ११ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २