६ श्रावण २०८३, बुधबार | July 22, 2026

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री



बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित बुटवल-८ सुख्खानगर शुक्रपथस्थित आइ क्यान एजुकेशन सर्भिसेजले मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो श्रृखला सार्वजनिक गरेको छ ।

एईई दिने विद्यार्थीलाई लक्षित र ‘अवरोड स्टडी गर्न जाने विद्यार्थीलाई लक्षित गरी आइक्यानले तनाव र चिन्ता व्यवस्थापनको लागि ७ वटा ‘लञ्च’ गरेको हो । भिडियो बोर्ड इग्जाम सिरिज र अबरोर्ड स्टडी सिरिज रहेका छन ।

सर्भिसेजका संस्थापक विशाल श्रेष्ठले परीक्षामा तनाव व्यवस्थापन, अध्ययनको सहि तयारीका र परीक्षा हलमा हुने पेनिकलाई व्यवस्थापनमा केन्द्रित भिडियो रहेको बताए । त्यस्तै विदेश जाने विद्यार्थीहरुलाई मानसिक समायोजन, एक्लोपन, शैक्षिक दबाब र आर्थिक तनाव र विदेशका विश्वविद्यालयहरुमा उपलब्ध मानसिक स्वास्थ्य सेवाहरु केन्द्रित रहेका श्रेष्ठले बताए । भिडियोहरु आइक्यान एजुकेशन सर्भिसेजको फेसबुक, इन्टाग्राम र टिकटकमार्फत हेर्न सकिन्छ ।

साइकोलोजिष्ट ओसिन श्रेष्ठले युवाहरुमा बढ्दो मानसिक दबाब र चिन्तालाई ध्यानमा राख्दै भिडियो निर्माण गरिएको बताइन । यस्ता विषयहरु खुलेर चर्चा नगरिने भएकोले, धेरै विद्यार्थीहरु एक्लै संघर्ष गरिरहेका हुन्छन । त्यसैले मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर सचेतनामूलक सामग्री उत्पादन गर्ने पहल गरिएको हो । यसको राम्रो प्रभाव परेको छ ।’

सन् २०१३ मा स्थापना भएको आइक्यानले विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको करियर काउन्सिल समेत गर्दै आएको छ । अष्ट्रेलिया युके लगायतका इङलिस स्पीकिङ कन्ट्रीहरुमा आइक्यानले काम गर्दै आएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहिबार  ७ : ०२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं