तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका गर्न हिँडेका पदमार्गको प्रचारका निम्ति पदयात्रा सुरु भएको हो ।
पदमार्गमा पर्ने कोट, गढी, किल्लाहरुको संरक्षण तथा तिनको इतिहासबारे सर्वसाधारणलाई जानकारी गराउनुका पदयात्राको उद्देश्य भएको भद्रदल गणका गणपति गौरवसिंह क्षेत्रीले जानकारी दिए ।
गोरखा दरबारबाट आज बिहान सखारै प्रारम्भ भएको पदयात्रा तनहुँको सतिघाट– भन्सार–भीमसेनगढी–बाङ्गेरह– सेपाबगैँचा–टुहुरेपसल–तनहुँसुर –धेनुङ देउराली–केलादीघाट हुँदै आगामी वैशाख ७ गते रुपन्देही स्थित जितगढी किल्ला पुगेर समापन हुनेछ ।
तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको लडाइँमा विजयप्राप्त गरेको दिन वैशाख ७ गतेलाई विजयोत्सवका रूपमा मनाउने गरिँदै आएको छ । पदयात्राले एकीकरण पदमार्गको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।


















प्रतिक्रिया