२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मौरिससमा भेटवार्ता भएको छ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन पोर्ट लुइस पुगेका मन्त्री खनालले शुक्रबार भारतीय समकक्षी जयशंकरसँग भेट गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटमा लामो समयदेखिको बहुआयामिक नेपाल-भारत सम्बन्धको समीक्षा गरिएको थियो । साथै, विभिन्न क्षेत्रमा दुई देशबीच सहकार्यका सम्भावनाबारे छलफल भएको जनाइएको छ ।

दुई दिने सम्मेलनमा सहभागी हुन खनाल मौरिससमा रहेका छन् । भेटपछि सामाजिक सञ्जाल ‘एक्स’मा प्रतिक्रिया दिँदै विदेशमन्त्री जयशंकरले मन्त्री खनालसँगको भेटप्रति खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०८२, शुक्रबार  ६ : ४४ बजे

भक्तपुरमा बिस्का: जात्रा सुरु

भक्तपुर । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का:

संघीय संसद्को चालु अधिवेशन मध्यरातिदेखि अन्त्य

काठमाडौं । संघीय संसद्को चालु अधिवेशन शुक्रबार मध्यराति १२ बजेदेखि

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व

सरकारमा समावेशी सहभागिता : मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा