२९ चैत्र २०८२, आइतबार | April 12, 2026

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने



काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख ४ गते चयन गर्ने भएको छ ।

निर्वाचन समितिका संयोजक प्रकाश स्नेहीका अनुसार वैशाख २ गते बैठक बसेर निर्वाचन कार्यतालिका सार्वजनिक गरिनेछ । वैशाख ३ गतेसम्म सर्वसम्मतिको प्रयास गरिने र सहमति नभए वैशाख ४ गते निर्वाचनमार्फत नेता चयन गरिने तयारी गरिएको छ ।

उनले पार्टीका नेताहरू हाल प्रदेशगत निर्वाचनको समीक्षा कार्यमा व्यस्त रहेकाले संसदीय दलको नेता चयन प्रक्रिया केही ढिलाइ भएको जानकारी दिए ।

कांग्रेसले फागुन २१ गते सम्पन्न निर्वाचनमा व्यहोरेको हारको देशव्यापी समीक्षा गरिरहेको छ । संसदीय दलको नेताका लागि भीष्मराज आङदेम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यसहितका सांसदहरू प्रतिस्पर्धामा रहेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ४ : ४३ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग