२० भदौ २०८३, शनिबार | September 5, 2026

राष्ट्रिय अपाङ्ग महासंघको १० औँ महाधिवेशनबाट देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन



बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । चैत २७ र २८ गते सम्पन्न महाधिवेशनले देविदत्त आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

महाधिवेशनले महासंघलाई गैर-राजनीतिक चरित्रमा लैजान विधान संशोधन गर्ने निर्णय गरेको छ । आगामी साधारणसभाबाट राजनीतिक दलका सक्रिय सदस्य वा दलनिकट व्यक्तिहरूलाई नेतृत्व तहमा आउन नदिने व्यवस्था गरिने जनाइएको छ ।

नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा अमरबहादुर गुरुङ, महिला उपाध्यक्षमा शोमा कार्की, महासचिवमा कुमार रेग्मी, सचिवमा अस्बीन लम्साल र कोषाध्यक्षमा रमेश कुमार बस्नेत निर्वाचित भएका छन् ।

त्यसैगरी विभिन्न सदस्य पदहरूमा मिरा तामाङ, पुष्विन खत्री, सुनिता थापा, अर्जुन रावल, भेगी कुमारी पुन मगर, झम्क प्रसाद गौतम, लक्ष्मी काफ्ले, जगदीश प्रसाद अर्याल, जानुका रोक्का, दीपक अधिकारी र सूर्यकृष्ण चौलागाईं लगायत निर्वाचित भएका छन् ।

महाधिवेशनले ३८ बुँदे ‘बुटवल घोषणापत्र’ जारी गर्दै अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, मर्यादा र सशक्तिकरणका लागि राज्यलाई जिम्मेवार बनाउने लक्ष्य राखेको अध्यक्ष आचार्यले बताए ।

घोषणापत्रमा नीतिगत सुधार, पहुँचयुक्त पूर्वाधार, सूचना प्रविधि, स्वास्थ्य, पुनःस्थापना, शिक्षा, रोजगारी, सामाजिक सुरक्षा र सुशासनका विषय समेटिएका छन् ।

अध्यक्ष आचार्यका अनुसार नेपालमा कुल जनसंख्याको करिब २.२५ प्रतिशत नागरिक अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ६ : ०७ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार