१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर



बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले सर्वसुलभ शुल्कमा दातको सेवा प्रदान गर्दै आएको छ । दुई दशक अघिदेखि दाँत, मुख, गिजा उपचारमा काम गरेर ख्याति कमाएको प्रालिले सरकारी शुल्क र विपन्नलाई निःशुल्क अनिवार्य सेवा प्रदान गर्ने बताएको छ ।

सडकदेखि सदनसम्म सबैको मुख उपचारमा लागेको प्रालिका अध्यक्ष अमृत भुसाल बताए । ‘हामीकहाँ ६६ वटा सेवा प्रदान गरिएको छ,’भुसाल भन्छन्,‘विपन्नदेखि, सम्पन्नसम्मका सबैलाई आधारभूत शुल्कमा सेवा प्रदान गर्दै आएका छौं । विपन्न परिवार र व्यक्तिलाई आधारभूत सेवा निःशुल्क पनि प्रदान गर्दै आइएको छ ।’

समग्र मुख स्वास्थ्यसम्बन्धी गुणस्तरीय सेवासँगै सचेतना अभियानमा समाज डेन्टलको योगदान महत्वपूर्ण रहेको छ । पछिल्लो ५ वर्षमा २५० भन्दा बढी सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा निःशुल्क दात, शिक्षा, परीक्षण, उपचार र परामर्श प्रदान गरेको छ । यस्तै २५० भन्दा बढी व्यवसायिक सामाजिक, सरकारी र गैर सरकारी प्रतिष्ठानमा दन्त, शिक्षा, परीक्षण र उपचार प्रदान गरेको छ । मुख स्वास्थ्य महाअभियान प्रथम चरणबाट १५ हजार ६०० भन्दा बढीलाई सेवा दिएको छ ।

‘स्वस्थ नागरिक मात्र श्रम बजारमा सक्रिय र प्रभावकारी हुन सक्छ,’ भुसालले भने, ‘दातको सामान्य उपचारको लागि ठूलो रकम खर्च गरिरहेका छन् । तर, आधुनिक डेन्टर केयरले दातरोगको क्षेत्रमा योगदान पु¥याउन सबै वर्गको तह र तप्काको पहुँच पु¥याउने हाम्रो जोड हो ।’ कार्यक्रम निर्देशक माधव सापकोटाले समुदाय स्तरमा दाँत स्वास्थ्य सेचतना अभिवृद्धि, दीर्घकालीन जटिलता तथा खर्चमा कमी, उपचार गर्ने प्रवृत्तिको विकास उद्देश्यसहित अघि बढेको बताए । सामान्य स्वास्थ्य सतर्कताले जटिल रोगबाट बच्न सकिने सापकोटाले बताए । सर्वसुलभ र गुणस्तरीय उपचार सेवा प्रदान गरेर बिरामीको मन जित्नेमात्र नभई समाजमा मुख स्वास्थ्यबारे सचेतनामा आफूहरु सधैँ समाज रहेको उनले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ७ : ०३ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो