२० भदौ २०८३, शनिबार | September 5, 2026

प्रधानमन्त्री शाहले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरूसँग आज (वैशाख २) अन्तरक्रिया गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे हुने कार्यक्रममा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका समानुपातिक सांसदहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार, जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको हो ।

यसअघि प्रधानमन्त्री बालेनले प्रत्यक्षतर्फ निर्वाचित सांसदहरूसँग प्रदेशगत रूपमा अन्तरक्रिया गरिसकेका छन् । कार्यक्रममा सहभागी सांसदहरूले आ-आफ्ना क्षेत्रका समस्या, चुनौती तथा समाधानका उपाय प्रस्तुत गर्नेछन् ।

सरकारले यस कार्यक्रमलाई सुशासन, उत्तरदायित्व र जनमुखी शासन प्रणाली सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ७ : १२ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार