१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

मालपोत भैरहवाका नायव सुब्बा २ लाख घुस रकमसहित पक्राउ



बुटवल। रुपन्देहीको भैरहवास्थित मालपोत कार्यालयका एक कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, भैरहवामा कार्यरत नायब सुब्बालाई घुस रकम सहित पक्राउ परेका हुन् ।

अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय, भैरहवामा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई घुस रकमसहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसनधान आयोगले जनाएको छ । अख्तियारका अनुसार सेवाग्राहीको जग्गा सम्बन्धी काममा (सर्जमिन मुचुल्का) का लागि सहजीकरण गरिदिने भन्दै उनले घुस माग गरेका थिए ।

विशेष सूचनाका आधारमा पुगेको अख्तियारको टोलीले उनलाई भैरहवा बजारबाटै रंगेहात पक्राउ गरेको बताइएको छ ।उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ९ : २६ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति