२१ भदौ २०८३, आइतबार | September 7, 2026

मूल्यवृद्धि नियन्त्रण गर्न उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको माग



बुटवल । मध्यपूर्वमा जारी युद्धका कारण इन्धनको मूल्य बढेसँगै नेपालमा दैनिक उपभोग्य वस्तु तथा सेवामा भएको अस्वाभाविक मूल्यवृद्धिप्रति उपभोक्ता हित संरक्षण मञ्च, रुपन्देहीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मञ्चका अध्यक्ष समुन्द्र जिसीले शुक्रबार एक विज्ञप्ति जारी गरी पछिल्लो समय खाद्यान्न, इन्धन, यातायात लगायत अत्यावश्यक वस्तु तथा सेवाको मूल्य निरन्तर बढ्दै गएको उल्लेख गर्दै यसले सर्वसाधारणको दैनिक जीवन झन् कष्टकर बनाएको बताएका छन् । विशेषगरी न्यून आय भएका र मध्यम वर्गीय परिवार सबैभन्दा बढी मारमा परेको मञ्चको निष्कर्ष छ ।

विज्ञप्तिमा प्रभावकारी बजार अनुगमन नहुँदा कालोबजारी, कृत्रिम अभाव सिर्जना तथा मनपरी मूल्य निर्धारणजस्ता गतिविधि मौलाउँदै गएको औँल्याइएको छ । यस्तो अवस्थामा सम्बन्धित निकायको उदासीनताले समस्या झनै जटिल बन्दै गएको मञ्चको आरोप छ ।

मञ्चले बजार अनुगमनलाई नियमित र कडाइका साथ लागू गर्न, इन्धन मूल्यवृद्धिको बहानामा अन्य वस्तुमा अस्वाभाविक मूल्य बढाउने व्यवसायीलाई कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेको छ । साथै अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण, सहज आपूर्ति व्यवस्थापन तथा उपभोक्ताको अधिकार संरक्षणका लागि प्रभावकारी संयन्त्र तत्काल सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएको छ ।

यस्तै, मञ्चले मध्यपूर्वमा जारी युद्धको दिगो समाधानका लागि सम्बन्धित पक्षबीच संवाद अपरिहार्य रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय परिस्थिति शान्तिपूर्ण ढंगले समाधान हुनुपर्ने धारणा पनि व्यक्त गरेको छ । मञ्चका अध्यक्ष जिसीले उपभोक्ताको हकहित संरक्षणमा संस्था सधैं सक्रिय रहने प्रतिबद्धता जनाउँदै वर्तमान मूल्यवृद्धि नियन्त्रणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ७ : २१ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त