१७ भदौ २०८३, बुधबार | September 2, 2026

इरानद्वारा हर्मुज जलमार्ग खोलियो, सैन्य जहाजलाई भने अझै रोक



तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज जलमार्ग व्यापारिक जहाजका लागि पुनः खुला गर्ने घोषणा गरेको छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि तेहरानले उक्त जलमार्ग बन्द गराएको थियो । इरानी विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत लेबनान र इजरायलबीच भएको १० दिने युद्धविरामलाई मध्यनजर गर्दै बाँकी अवधिका लागि मार्ग खुला गरिएको जानकारी दिएका हुन् ।

तर, जहाजहरूले इरानी बन्दरगाह तथा समुद्री निकायले तोकेको ‘समन्वयित सुरक्षित मार्ग’ मात्र प्रयोग गर्नुपर्ने सर्त राखिएको छ ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको यस कदमलाई विश्वका लागि सकारात्मक संकेत भएको बताएका छन् । तर, दुई देशबीच पूर्ण शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक घेराबन्दी नहट्ने उनले स्पष्ट पारेका छन् ।

अमेरिका र इरानबीचको वर्तमान युद्धविराम आगामी अप्रिल २२ मा सकिने बताइएको छ । इरानले मार्ग खुला गरेको दाबी गरे पनि अन्तर्राष्ट्रिय समुद्री निकायहरूले तत्काल जहाज सञ्चालन गर्न अझै जोखिम रहेको जनाएका छन् । जहाज ट्र्याकिङ तथ्यांकअनुसार उक्त क्षेत्रमा हाल जहाजको आवागमन निकै कम रहेको छ ।

इरानी सैन्य अधिकारीका अनुसार व्यापारिक जहाजलाई अनुमति दिइए पनि विदेशी सैन्य जहाजहरूलाई भने अझै उक्त मार्ग प्रयोग गर्न निषेध गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ७ : २८ बजे

प्रतिनिधिसभामा भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

तास्मिनियाविरुद्ध नेपाल ‘ए’लाई ब्याटिङको निम्तो

काठमाडौं । अष्ट्रेलियामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले तास्मिनियासँगको एकदिवसीय

बाढी पीडितलाई पत्रकार महासंघ बाँके शाखाबाट ५१ हजार सहयोग

नेपालगन्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत

भोटेकोशी बाढी अपडेट : हालसम्म १ हजार ९३ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार २०ः००

तिल्चा खोलाले मोटरसाइकलसहित दुई जनालाई बगायो, एकको उद्धार

रुकुम पश्चिम । रुकुम-पश्चिमको बाफिकोट गाउँपालिका–४ स्थित तिल्चा खोलाले मोटरसाइकलसहित