११ असार २०८३, बिहिबार | June 25, 2026

पर्वतको जलजलामा बायो कम्पोष्ट मल उद्योग सञ्चालन



पर्वत । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर बायो कम्पोष्ट मल उद्योग सञ्चालनमा ल्याएका छन् ।

उद्योगले गत बिहीबारदेखि परीक्षण उत्पादन सुरु गरेको छ । खोलाखेत गाउँका नौ जना स्थानीयले सामूहिक रूपमा रु १५ लाख लगानी गरेर स्थापना गरेको उद्योगबाट कम्पोष्ट मल तयार गर्न सुरु भएको हो ।

गाउँदेखि माथि रहेको जङ्गल छेउमा कम्पोष्ट मलका लागि आवश्यकपर्ने पूर्वाधार निर्माण गरी उद्योग सञ्चालनमा ल्याइएको बायो कम्पोष्ट मल उत्पादन समितिका अध्यक्ष ढकबहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार उत्पादित मलको सराङकोट दाजुभाइ एग्रो फर्म प्रालिमार्फत प्याकेजिङ र बिक्री वितरणको व्यवस्था मिलाइएको छ । जैविक बायो कम्पोष्ट मलमा पर्याप्तमात्रामा नाइट्रोजन, फस्फोरस, कार्बोन, पोटासियम र बिरुवाको वृद्धिका लागि आवश्यक सबै पोषक तत्व पाइने समितिका अध्यक्ष जिसीले बताए । उनले भने, “हामीले मलको ल्याब परीक्षण गरी उत्पादनको स्वीकृति पाएका छौँ । परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन सुरु गर्दछौँ ।”

उत्पादन सुरु भएसँगै मुस्ताङबाट करिब ३० टन मलको माग आएको उनले बताए । मलको प्रतिकेजी रु ४० मूल्य निर्धारण गरिएको छ । स्याउ र सुन्तलाखेतीका लागि कम्पोष्ट मल धेरै उपयोगी हुने उनको भनाइ छ ।

जैविकखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादन गरिएको उक्त मल शतप्रतिशत प्राकृतिक रहेको उत्पादकले जानकारी दिएका छन् । कृषि उत्पादन वृद्धि माटोको उर्वराशक्ति सुधार तथा वातावरणमैत्री खेती प्रणालीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित बायो कम्पोष्ट मल उत्पादन थालिएको स्थानीयवासी नरबहादुर कार्कीले जानकारी दिए ।

जैविक कम्पोष्ट मल विभिन्न जैविक पदार्थ जस्तै घाँस, पात, गोबर, कृषि अवशेष लगायतबाट तयार पारिएको हो । यस मलको प्रयोगले माटोको गुणस्तर सुधार गर्ने, बिरुवाको वृद्धि राम्रो बनाउने तथा रासायनिक मलको प्रयोग घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रशोधन गरेर तयार पारिएको मललाई दुई केजीका दरले प्लाष्टिक प्याकेटमा प्याकिङ गरेर बजारमा पु¥याइने उत्पादकले जनाएका छन् । उक्त मल फलफूल, तरकारी, अन्नबाली तथा बगैँचामा प्रयोग गर्न उपयोगी हुने अपेक्षा गरिएको छ ।

जैविक मल प्रयोगले उत्पादन लागत घट्ने, माटोको दीर्घकालीन उर्वराशक्ति कायम रहने र वातावरणीय प्रभाव कम हुने उत्पादकको भनाइ छ । साथै स्थानीयस्तरमै उत्पादन भएको मल प्रयोग गर्न कृषकलाई आग्रह गरिएको बायो कम्पोष्ट मल उत्पादन समितिका अध्यक्ष जिसीले बताए । स्थानीय कृषकले पनि स्थानीयस्तरमै उत्पादन भएको जैविक मल उपलब्ध भएपछि खेती गर्न सहज हुने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ६ : ४२ बजे

आज निर्जला एकादशी तुलसीको दल राख्ने विशेष दिन

काठमाडौं । आज ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी देशभर

फिफाको निलम्बनमा पर्‍यो एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्राष्ट्रिय फुटबल महासंघ

म्याग्दीमा पहिरोले इभी पुरिँदा चालकको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा पहिरो खस्दा

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मतदान जारी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत ९९ केन्द्रीय

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, हजारौँको मृत्युको आशंका

काठमाडौं । भेनेजुएलाको राजधानी काराकास आसपास क्षेत्रमा केही सेकेन्डको अन्तरालमा