१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

रास्वपाको सचिवालय बैठक आज, महाधिवेशन तयारी मुख्य एजेन्डा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांगठनिक तथा संरचनागत सुधारका विषयमा छलफल गर्न आज सचिवालय बैठक आह्वान गरेको छ । सभापति रवि लामिछानेले दिउँसो ३ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीको आगामी महाधिवेशन र जिल्ला अधिवेशनको तयारीबारे केन्द्रीत छलफल हुने जनाइएको छ । प्रस्तावित कार्यसूची अनुसार ‘जिल्ला अधिवेशन कार्यविधि-२०८३’ पारित गर्ने र ‘महाधिवेशन कार्यविधि मस्यौदा समिति’ गठन गर्ने विषय मुख्य एजेन्डामा रहेका छन् ।

यस्तै, केन्द्रीय आयोग तथा सल्लाहकार परिषद् गठन, संघीय नेतृत्व मञ्च विस्तार तथा विभिन्न विभागमा मनोनयन गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ । साथै बैंक खाता सञ्चालनसम्बन्धी नयाँ व्यवस्था र विभिन्न परियोजनाका लागि विज्ञ आह्वान गर्ने विषय पनि समावेश गरिएको छ ।

बैठकले प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरेको छ । यसबाहेक आगामी केन्द्रीय समिति बैठकको तयारी, संसदीय दलका लागि प्राविधिक सहयोग तथा लेवी व्यवस्थापनका विषयमा समेत निर्णय लिने बताइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ७ : ४४ बजे

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल