काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो साढे १२ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय गरिएको छ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बोलाइएको बैठकमा तीन मुख्य एजेन्डामाथि छलफल हुने जनाइएको छ ।
रास्वपाका अनुसार बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा विस्तृत छलफल गरिनेछ । साथै, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधनका विषयमा पनि छलफल हुने बताइएको छ ।
पार्टीको आगामी रणनीति, संगठनात्मक तयारी तथा आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउन बैठक महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।




















प्रतिक्रिया