१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बैठक आह्वान गरिएको हो ।

पार्टीका प्रवक्ता मनीष झाले आइतबार साँझ ६ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिए । बैठकमा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइएको छ ।

बैठकमा भेला तथा अधिवेशनको विशेष तालिकाबारे छलफल हुने जनाइएको छ । साथै आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक तथा अन्य विविध विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए ।

बैठकका लागि छ वटा कार्यसूची तय गरिएको र पार्टी संगठनलाई व्यवस्थित तथा सक्रिय बनाउने विषयमा समेत निर्णय हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ८ : १५ बजे

अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा रहेको न्यून चापीय क्षेत्रको

बेनी-जोमसोम र बेनी-दरवाङ सडक अवरुद्ध

म्याग्दी । शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी-जोमसोम

भारी हिमपात र वर्षाले मुस्ताङको जनजीवन प्रभावित, कोरला सडक अवरुद्ध

मुस्ताङ । अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र

सामाजिक समस्यासँग जुधिरहेकी पार्वतीले नागरिकता पाएपछि …

झापा । श्रीमानको मृत्युपछि आर्थिक तथा सामाजिक समस्यासँग जुधिरहेकी शिवसताक्षी

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज