२७ बैशाख २०८३, आइतबार | May 10, 2026

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा बैठक आह्वान गरिएको हो ।

पार्टीका प्रवक्ता मनीष झाले आइतबार साँझ ६ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने जानकारी दिए । बैठकमा सचिवालय सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत दिइएको छ ।

बैठकमा भेला तथा अधिवेशनको विशेष तालिकाबारे छलफल हुने जनाइएको छ । साथै आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक तथा अन्य विविध विषयमा पनि छलफल हुने प्रवक्ता झाले बताए ।

बैठकका लागि छ वटा कार्यसूची तय गरिएको र पार्टी संगठनलाई व्यवस्थित तथा सक्रिय बनाउने विषयमा समेत निर्णय हुन सक्ने जनाइएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार  ८ : १५ बजे

बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध

काठमाडौं । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार