३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

आज बागमती र लुम्बिनी प्रदेशसभा बैठक बस्दै



बागमती । बागमती र लुम्बिनी प्रदेशसभाको बैठक आज अलग अलग बस्दैछन् । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे र लुम्बिनी प्रदेशसभाको बैठक अपराह्न १ बजेबस्ने सम्भावित कार्यसूचि छ ।

बागमती प्रदेशसभा बैठकमा विभिन्न विधेयकको सैद्धान्तिक पक्षमा छलफल हुने र विधेयकमाथि दफावार छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए ।

प्रदेशसभाको गत चैत २५ र २६ गते बसेको बैठकमा ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ र ‘प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ प्रस्तुत भई समान्य छलफलसमेत भएको थियो ।

सोही विधेयकको सैद्धान्तिक पक्षमा छलफल गरी दफावार छलफलका लागि विषयगत समितिमा पठाउने र त्यहाँबाट प्राप्त सुझावसहित समेटिएको छुट्टाछुट्टै प्रतिवेदन तयार पार्ने सचिव पौडेलले बताए ।

यसैगरी लुम्बिनी प्रदेश सभाको बैठक तीन कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठकको सुरुआतमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्नेछन । यस्तै, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ले‘ लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रदेश मामिला तथा कानून समितिका सभापति दिल कुमारी बुढा ले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ८ : १३ बजे

फिफा विश्वकप : अस्ट्रेलियाको शानदार जित, टर्किए २-० ले पराजित

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह डीको खेलमा अस्ट्रेलियाले टर्किएलाई २–०

परराष्ट्रमन्त्री खनाल बेइजिङमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलामा कति ?

काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका