६ बैशाख २०८३, आइतबार | April 19, 2026

रोशी खोलामा बाढीपछि बीपी राजमार्ग अवरुद्ध, यात्रा नगर्न आग्रह



काठमाडौं । बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । सडकखण्डका विभिन्न स्थानका डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

शनिबार राति रोशी खोलामा अचानक पानीको बहाव बढ्दा डाइभर्सन बगेका हुन् । राजमार्गअन्तर्गत कटुन्जेदेखि मंगलटार सडकखण्डको घुमाउने लगायतका क्षेत्रमा रहेका डाइभर्सन बगेपछि यातायात प्रभावित बनेको हो ।

प्रहरीका अनुसार सडक मर्मत गरी आवागमन सुचारु गर्न समय लाग्नेछ । त्यसैले सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न अनुरोध गरिएको छ ।

प्रहरीले सूचना जारी गर्दै भनेको छ, “डाइभर्सन बगेका कारण सडक मर्मतपछि मात्र सवारी सञ्चालन सम्भव हुने भएकाले यात्रुहरूले आवश्यक जानकारी लिएर मात्रै यात्रा गर्नुहुन अनुरोध छ ।”

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  ८ : २४ बजे

आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । सरकारले आज र सोमबार देशभरिका बालबालिकालाई भिटामिन ‘ए’

एम्बुलेन्सको ठक्करबाट योग गुरु भूमी लामिछाने सहित २ जनाको मृत्यु

बर्दिया । बर्दियामा एम्बुलेन्सको ठक्करबाट दुई जनाको ज्यान गएको छ

पर्वतकी १४ वर्षीया किशोरी आठ दिनदेखि बेपत्ता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया किशोरी रितिका

कांग्रेसले पार्टी निकट प्रदेश मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज आफ्ना प्रदेश

दोस्रो लखन कप फुटबलको तयारी पुरा

बुटवल । दोस्रो लखन कप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम