७ बैशाख २०८३, सोमबार | April 20, 2026

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता



बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै रियल ड्रिम्स एजुकेशन कन्सल्टेन्सीले आइतबार बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’ आयोजना गरेको छ ।

विगत २१ वर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले बुटवलको कालिकानगरस्थित आफ्नै कार्यालयमा कार्यक्रम सञ्चालन गरेको हो । संस्थाले युके केन्द्रित शैक्षिक सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा युकेका चर्चित विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको रियल ड्रिम्सका प्रबन्ध निर्देशक अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार ‘एडमिसन डे’मा योर्क सेन्ट जोन युनिभर्सिटी र युनिभर्सिटी अफ इस्ट लन्डनका प्रतिनिधिहरू सहभागी थिए ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको कन्सल्टेन्सीले बुटवलमा विगत १० वर्षदेखि सेवा दिँदै आएको छ । साथै चितवन र अष्ट्रेलियामा समेत यसको शाखा रहेको छ । संस्थाले हरेक वर्ष यस्ता विशेष कार्यक्रममा पाठ्यक्रम, अध्ययन प्रक्रिया र विश्वविद्यालय छनोटबारे विद्यार्थीलाई प्रत्यक्ष जानकारी दिने गरेको जनाएको छ ।

बुटवलमा आयोजित कार्यक्रममा सयभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।

कार्यक्रममा युके कन्ट्री हेड वसन्त नेपाल, सिनियर विद्यार्थी आवश्यकतासम्बन्धी सल्लाहकार किरन खतिवडा तथा योर्क सेन्ट जोन युनिभर्सिटीका प्रतिनिधि ली वाङले विद्यार्थीहरू जिज्ञासु र सिर्जनशील रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ८ : ५४ बजे

जितगढी विजयी उत्सव-२०८३

जितगढी विजयी उत्सव-२०८३

पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

कर्णाली । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम

अमेरिकी सहायक विदेशमन्त्री पल कपुर काठमाडौंमा, उच्चस्तरीय भेटवार्ता गर्ने

काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक

पूर्णबहादुर खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

दाङ । लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो