७ बैशाख २०८३, सोमबार | April 20, 2026

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु



काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई अधिकृतलाई जिम्मेवारीबाट हटाएको छ। उनीहरूले पासपोर्टमा ‘काम गर्न निषेध’ भन्ने टिप्पणी लेखेको विषय सार्वजनिक भएपछि विभागले यस्तो निर्णय गरेको हो।

सोमबार जारी विज्ञप्तिमा विभागले नेपाली नागरिकलाई कुनै सर्त राखेर प्रस्थान अनुमति दिने नीति वा निर्णय नभएको स्पष्ट पारेको छ। प्रचलित कानुन र विभागीय निर्णय विपरीत गैरकानुनी अभ्यास गरेको भन्दै ती दुई अधिकृतलाई हटाई उनीहरूमाथि आवश्यक छानबिन अघि बढाइएको जनाइएको छ।

यसैबीच, युनाइटेड अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको पासपोर्टमा ‘२०२६ जुन १० सम्म काम गर्न निषेध’ उल्लेख गरिएको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति पनि गठन गरिएको छ। विभागका अनुसार वैशाख ३ गतेको निर्णयअनुसार उक्त समिति बनाइएको हो।

भिजिट भिसामा यूएई जान लागेका नेपालीहरूको पासपोर्टमा यस्तो टिप्पणी लेखिएको विषय बाहिरिएपछि विभागले छानबिन प्रक्रिया सुरु गरेको जनाएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  २ : २५ बजे

संसदीय समितिका सभापति र सभामुखबीच भेट

काठमाडौं । संसदीय समितिका नवनिर्वाचित सभापतिहरुले आज सभामुख डोलप्रसाद अर्याललाई

‘लु’ को जोखिम बढ्दै, के हो लु ?, बच्ने कसरी ?

काठमाडौँ । केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा

जीतगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचिकृत गर्न पहल लिएका छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ऐतिहासिक जीतगढी किल्ला

१३ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । यस साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

जापानमा शक्तिशाली भूकम्प, सुनामी चेतावनी

उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम