७ बैशाख २०८३, सोमबार | April 20, 2026

गुल्मीमा सांसदसँग अन्तरक्रिया



गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत विकास योजना छनोटसम्बन्धी अन्तरक्रिया गरिएको छ । जिल्ला समन्वय समितिको आयोजनामा आज सदरमुकाम तम्घासमा आयोजित उक्त अन्तरक्रियामा गुल्मीका प्रतिनिधिसभा सदस्यद्वय सागर ढकाल र गोविन्द पन्थी तथा स्थानीय तहका जनप्रतिनिधिहरु, राजनैतिक दल, कार्यालय प्रमुखलगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले आआफ्ना स्थानीय तहको योजना, लक्ष्य, समस्या तथा दीर्घकालीन रणनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा जनप्रतिनिधिहरूले सेवा प्रवाहमा देखिएका समस्या, कानुनी जटिलता, स्रोत व्यवस्थापन, पूर्वाधार विकास तथा भावी योजनाबारे सुझाव दिएका थिए ।

अन्तरक्रियामा गुल्मी क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सागर ढकालले विकासलाई पूर्वाधार निर्माणमा मात्र सीमित नराखी सुशासन, पारदर्शिता र नागरिक सहभागितासँग जोड्नुपर्नेमा जोड दिए । उनले अब दीर्घकालीन सोचसहित कार्यगत प्रणाली सुधार आवश्यक रहेको बताए ।

त्यसैगरी गुल्मी क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीले जिल्लामा पूर्वाधार विकास, सेवा प्रवाहको प्रभावकारिता र स्रोत व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले स्थानीय तहसँगको समन्वयलाई थप सुदृढ बनाउँदै विकासका कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागीले जनप्रतिनिधिहरुले गुल्मीको समग्र विकासका लागि नीति निर्माण, प्रभावकारी कार्यान्वयन र अन्तरतह समन्वय अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् । जिल्लामा देखिएका समस्या समाधान गर्दै शिक्षा, स्वास्थ्य, सडक र रोजगारीका क्षेत्रमा ठोस उपलब्धि हासिल गर्न सबै पक्षबीच सहकार्य आवश्यकता रहेको निष्कर्ष निकालिएको जिल्ला समन्वय समिति प्रमुख द्रोण खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  ९ : २१ बजे

अमेरिकी शान्ति वार्तामा सामेल हुने विषयमा अझै कुनै निर्णय भएको छैन : इरान

रासस/एएफपी । इरानले सोमबार अमेरिकासँग नयाँ चरणको शान्ति वार्तामा भाग

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका