२२ जेष्ठ २०८३, शुक्रबार | June 5, 2026

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग



काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग चर्किँदै गएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै गुरुङको राजीनामा माग गर्नुका साथै निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न आग्रह गरेको छ।

एमालेले सार्वजनिक पदमा रहेका व्यक्तिमाथि उठेका गम्भीर प्रश्नहरूको कानुनी दायराभित्र रहेर पारदर्शी, विश्वसनीय र निष्पक्ष छानबिन हुनुपर्ने उल्लेख गर्दै गृहमन्त्रीसँग सम्बन्धित प्रकरणमा ढिलाइ नगरी अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ। साथै, अनुसन्धान प्रक्रियालाई कुनै पनि प्रकारको प्रभाव वा दबाबबाट मुक्त राख्नुपर्नेमा जोड दिएको छ।

यसअघि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पनि गृहमन्त्री गुरुङको राजीनामा माग गरिसकेको थियो। गुरुङमाथि सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दामा विवादास्पद व्यवसायीहरूसँग अस्वाभाविक साझेदारी गरी अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको छ। यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि गृहमन्त्रीको राजीनामा माग गरेका छन् भने जेनजी अलायन्स मुभमेन्टले पनि गुरुङको राजीनामा माग गरेको छ ।

यद्यपि, गृहमन्त्री गुरुङले भने आफूविरुद्ध लगाइएका आरोपहरू अस्वीकार गर्दै आएका छन्।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ५ : ०४ बजे

बुटवलमा मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूध फेला

बुटवल । चितवनबाट बुटवल कृषि उपज थोक बजार केन्द्रमा गत

शनिबारदेखि नेपालगन्जमा सूचना प्रविधि सम्बन्धि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज । नेपालगन्जमा सूचना प्रविधिको राष्ट्रिय सम्मेलन हुने भएको छ

एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले एक

‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामलाई प्रदेशको मात्र

गुल्मीमा रास्वपा सांसद सागर ढकाल र सुशान्त वैदिक सवार गाडी दुर्घटनाग्रस्त

गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल