१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । उक्त रिट दर्ता गर्ने वा नगर्नेबारे बुधबार निर्णय हुने भएको छ ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिटको अध्ययन भइरहेको छ र बुधबारसम्म दर्ता गर्ने वा दरपीठ गर्ने विषयमा निर्णय गरिनेछ । रिट कानुनका विद्यार्थी आयुष बडालले सर्वोच्च प्रशासनमा पेश गरेका हुन् ।

रिटमा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अन्तिम टुंगो नलागेसम्म सांसदको हैसियतमा काम गर्न रोक लगाउन माग गरिएको छ । साथै ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४’ को दफा २७ अनुसार मुद्दा दायर भएमा अन्तिम फैसला नआएसम्म स्वतः निलम्बन हुने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

हाल लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन छन् । साथै चितवन, पर्सा, रूपन्देही र काठमाडौंमा पनि सहकारी ठगीसहित संगठित अपराधसम्बन्धी मुद्दा चलिरहेका छन् ।

सर्वोच्च प्रशासनले बुधबार रिट दर्ता गर्ने वा अस्वीकार गर्ने निर्णय गर्नेछ । रिट दरपीठ भएमा त्यसविरुद्ध पुनः निवेदन दिन सकिनेछ, जसको अन्तिम निर्णय सर्वोच्च अदालतको इजलासले गर्नेछ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ५ : १८ बजे

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर