२१ भदौ २०८३, आइतबार | September 7, 2026

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी



बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने उद्देश्यसहित ‘एटिएस एप’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ । डेढ वर्षको परीक्षणपछि उक्त एपलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

एटिएस भेहिकल असिस्ट प्रालिले विकास गरेको यो एप सवारी सुरक्षा तथा पार्किङ व्यवस्थापनका लागि उपयोगी हुने संस्थापक विजय कंडेलले बताए । मंगलबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत एप सार्वजनिक गरिएको हो ।

उनका अनुसार डेढ वर्षको स्टार्टअप अवधिमा ठूलो लगानी गरिएको र अब सामाजिक सञ्जाल तथा विभिन्न संघसंस्थामार्फत यसको विस्तार गरिनेछ । हाल देशभर पाँच हजारभन्दा बढी प्रयोगकर्ता रहेको एपलाई आगामी एक वर्षभित्र ४५ हजार प्रयोगकर्तासम्म पुर्‍याउने लक्ष्य राखिएको छ ।

‘मेरो सडक, मेरो जिम्मेवारी’ नारासहित सञ्चालनमा आएको एपमार्फत दुर्घटनास्थलको तस्बिर प्रत्यक्ष रूपमा पठाउँदा एम्बुलेन्स सेवा उपलब्ध गराउने व्यवस्था रहेको बताइएको छ । आगामी वर्षदेखि पार्किङ बुकिङ सेवा समेत सुरु गर्ने योजना रहेको कंडेलले जानकारी दिए ।

कार्यक्रममा सल्लाहकार राजु पाण्डेले एपमा क्यूआर कोडमा आधारित दुर्घटना सूचना प्रणाली, सवारी बिग्रिएको जानकारी, मर्मतसम्बन्धी सचेतना, स्पेयर पार्ट्स सम्बन्धी सहयोगलगायत सुविधा रहेको बताए । उनका अनुसार चारपाङ्ग्रे सवारीका लागि वार्षिक ८ सय रुपैयाँ र दुईपाङ्ग्रे सवारीका लागि ५ सय रुपैयाँ शुल्क लाग्नेछ भने नवीकरणका लागि ३६५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

एप नेपाल टेलिकमसँगको समन्वयमा सञ्चालन गरिएको जनाइएको छ । कार्यक्रममा सञ्चालक राजन पाठकले युवाहरूको स्टार्टअप प्रभावकारी बन्दै गएको उल्लेख गर्दै एपमार्फत गोपनीयता सुरक्षित राखिने र ट्राफिक व्यवस्थापनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ५ : ४९ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त