२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने



बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ र सरसफाइसम्बन्धी समस्यालाई व्यवस्थित गर्न कडाइ गर्ने निर्णय गरेको छ । उपमहानगर प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा सरोकारवालासहित बसेको बैठकले सडकपेटी खाली गराउने, अव्यवस्थित रूपमा राखिएका सामान हटाउने र पार्किङ व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकमा व्यवसायी, बुटवल उद्योग-वाणिज्य संघका प्रतिनिधि तथा सम्बन्धित निकायबीच छलफल गर्दै सार्वजनिक स्थानको उपयोगलाई व्यवस्थित बनाउन आवश्यक कदम चाल्ने सहमति भएको छ । सडकपेटीमा राखिएका निर्माण सामग्री, होर्डिङ बोर्ड, पसलका सामानलगायत तत्काल हटाइने तथा नियम उल्लंघन गर्नेहरूमाथि कारबाही गरिने निर्णय गरिएको छ ।

त्यस्तै, बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन सुधार गर्न पार्किङका लागि निश्चित स्थान तोक्ने, अनधिकृत पार्किङ नियन्त्रण गर्ने र दुर्घटना न्यूनीकरणका लागि आवश्यक सचेतना अभियान सञ्चालन गर्ने योजना पनि अघि सारिएको छ ।

उपमहानगरपालिकाले ‘सफा र व्यवस्थित बुटवल’ अभियानअन्तर्गत सरसफाइमा विशेष ध्यान दिने, सडक किनार तथा सार्वजनिक स्थल नियमित सफा गर्ने र व्यवसायीलाई पनि जिम्मेवार बनाउने नीति लिएको जनाएको छ ।

बैठकले सरोकारवाला सबै पक्षको सहकार्यमा निर्णय कार्यान्वयन गर्ने र अनुगमनलाई नियमित बनाउने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : १० बजे

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले पद तथा

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी