१० भदौ २०८३, बुधबार | August 26, 2026

विद्यार्थी संगठन माथिको प्रतिबन्ध प्रयासविरुद्ध कालो बेलुन उडाएर प्रदर्शन



काठमाडौं । विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी घोषणाको विरोधमा विभिन्न विद्यार्थी संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्।

संयुक्त विद्यार्थी संगठनको आह्वानमा केही दिनयता आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले बुधबार मध्याह्न प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारविरोधी नारा लेखिएका दर्जनौं कालो बेलुन उडाएका थिए।

नेविसंघ र अनेरास्ववियुले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनमा सहभागी नेताहरूले विद्यार्थी संगठनमाथिको प्रतिबन्धलाई अलोकतान्त्रिक तथा दमनकारी कदमको संज्ञा दिएका छन्।

उनीहरूले सरकारले उक्त निर्णय फिर्ता नलिए देशव्यापी सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। यसअघि मंगलबार सिंहदरबार परिसरभित्र प्रदर्शनका क्रममा केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  २ : १९ बजे

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका