५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ



गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा कास्की कारागारबाट भागेका ३० वर्षीय तेन्जिङ कुल्सङ गुरुङलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-१७ छोरेपाटनका गुरुङलाई नियन्त्रणमा लिई मङ्गलबार कारागार कार्यालय, कास्कीमा बुझाइएको जिप्रकाका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए ।

गुरुङ लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बेला ‘जेनजी’ आन्दोलनमा कारागारबाट भागी फरार रहँदै आएका थिए । उनलाई जिप्रका मातहतको वडा प्रहरी कार्यालय, बैदामको टोलीले पोखरा-६ डिकोपाटनबाट पक्राउ गरेको थियो । केही दिनअघि पनि कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई पोखराबाट पक्राउ गरेको थियो ।

हाडनाता जबर्जस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको थियो । रौतहटको डुमडिया गाउँपालिका–१० का परियारले अझै १८ वर्ष चार महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : २२ बजे

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली