१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

नेपालले रुवाण्डालाई हरायो



काठमा । आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई पराजित गरेको छ ।

रुवाण्डाको किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हराउँदै जित हात पारेको हो । घरेलु टोली रुवाण्डाले नेपाललाई जितको लागि ८९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो ।

नेपालको लागि सम्झना खड्काले सर्वाधिक ४८ रनको योगदान दिइन् । त्यस्तै पूजा महत्तोले १३ तथा विन्दु रावलले १० रन जोडिन् ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको रुवान्डाले १९.४ ओभरमा सबै विकेट गुमाएर ८८ रनको योगफल बनाएको थियो ।

रुवाण्डाका लागि चार ब्याटरले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । एलिस इकुजवेले सर्वाधिक १७ रन बनाइन् भने मर्वे उवासले १५, क्लेरिस उमुटोनिवासेले १३ तथा रोसिन उवेराले १२ रन जोडिन् ।

रुवाण्डालाई कम रनमै समेट्नेक्रममा नेपालका लागि रचना चौधरीले ३, पूजा महतो र कविता कुँवरले समान दुईरदुई तथा मनिष उपाध्याय र रिया शर्माले समान एकरएक विकेट लिइन् ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले सुरुआत गरेको यस प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । त्यस्तै लिगको सबै खेलपश्चात् शीर्ष स्थानमा रहने देश विजेता टोली बन्नेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ५ : २१ बजे

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान