१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

सुकुमवासी बस्ती हटाउन बिहानैदेखि बाक्लो सुरक्षाकर्मी परिचालन



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका बागमती र मनोहरा नदीकिनार अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन आजदेखि डोजर चलाउने भएको छ ।

बागमती करिडोरअन्तर्गत थापाथली, टेकु, तीनकुने र सिनामंगल तथा मनोहरा क्षेत्रका अतिक्रमित बस्ती आज र भोलिभित्र खाली गराउने तयारी गरिएको छ ।

सुकुमवासी बस्ती हटाउन प्रहरी प्रशासन र काठमाडौं महानगरपालिकाको टोली बिहानैदेखि थापाथली क्षेत्रमा परिचालन गरिएको छ । सहरी विकास मन्त्रालय र सडक विभागका २० भन्दा बढी डोजर तथा १५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ ।

यसअघि प्रशासनले सूचना जारी गर्दै शुक्रबार साँझसम्म घरटहरा खाली गर्न तथा आफ्ना सामान, लत्ताकपडा र घरपालुवा जनावर सुरक्षित स्थानमा सार्न आग्रह गरेको थियो ।

विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर सुरक्षित स्थानान्तरण गर्न प्रशासनले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ७ : ३९ बजे

सम्पत्ति शुद्धीकरण नियम उल्लङ्घनमा तीन ब्रोकरलाई १.१० करोड जरिवाना, सानिमा क्यापिटललाई चेतावनी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

काठमाडौं । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई