२ असार २०८३, मंगलबार | June 16, 2026

नेपालले युएईलाई दियो २०१ रनको मध्यम स्तरको चुनौती



काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा दीपेन्द्रसिंह ऐरिको अर्धशतकमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २०१ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै ‘विकेट’ गुमाउँदै २०० रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्र सिंह एरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् ।

नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र करण केसीले २२ रनको योगदान दिए ।

अन्य खेलाडीहरूमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५र१५ रन बनाए । बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  १ : ५७ बजे

विश्वकप हेर्न अनावश्यक तथा शङ्कास्पद ‘एप डाउनलोड’ नगर्न साइबर ब्यूरोको आग्रह

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले विश्वकप फुटबल २०२६ हेर्न

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं । सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’

कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत