१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गैरीगाउँको सुकुम्बासी बस्तीमा चल्न थाल्यो डोजर



काठमाडौं । थापाथली आसपासका सुकुम्बासी बस्ती खाली गराएलगत्तै गृहप्रशासनले काठमाडौंको गैरीगाउँस्थित नदी किनारका सुकुम्बासी बस्तीमा बनेका संरचनामा पनि डोजर परिचालन गरेर हटाउन सुरु गरेको छ ।

शनिबार बिहानबाट सरकारले काठमाडौंका मुख्य स्थानहरुमा सुकुम्बासीहरुको नाममा बनेका संरचना हटाउन थालेको हो ।

यसअघि थापाथली आसपासका सुसुकुम्बासी बस्ती खाली गराइसकेको छ भने अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुम्बासी बस्तीका संरचना हटाउन थालिएको हो ।

यसैबीच शनिबार बिहान ११ बजेसम्ममा थापाथलीस्थित बागमती नदी आसपासका सुकुम्बासीहरू सरकारको सम्पर्कमा जान थालेका छन् । दिउँसो १ बजेसम्म २२ परिवारका सदस्यहरू घरवारविहीन भएको भन्दै प्रशासनको सम्पर्कमा आएका छन् । उनीहरू आफ्नो परिवारको विवरण सरकारी टोलीलाई उपलब्ध गराएका हुन् ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  २ : ०३ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको