१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ : चार परिवारलाई कीर्तिपुर पठाइयो



काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा बसोबास गर्दै आइरहेका सुकुमवासीरभूमिहीनको ‘स्क्रिनिङ’ जारी छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा काठमाडौँ उपत्यका विकास प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिबाट खटिएका टोलीले अहिले थापाथलीबाट ल्याइएका सुकुमवासी परिवारको लगत सङ्कलन गरिरहेका छन् ।

अपराह्न १ः३० बजेसम्म २३ परिवारको लगत सङ्कलन भएको प्राधिकरणका प्रशासन प्रमुख कविता केसी बोगटीले जानकारी दिइन् । सरकारको दर्ता प्रक्रियामा आएकामध्ये चार परिवारलाई तत्कालै कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग केन्द्रमा पठाइएको उनले बताइन् ।

“वास्तविक सुकुमवासीको परिवार सङ्ख्या, घरमुलीको नामलगायत विवरण सङ्कलन गरिरहेका छौँ । त्यसपछि तत्कालका लागि तोकिएको ‘सेल्टर’मा पठाउँछौँ”, केसीले भनिन्, “सेल्टरमा उहाँहरूलाई खाने, बस्ने सम्पूर्ण व्यवस्था सरकारले गरेको छ ।” अस्थायी बसोबासस्थलमा उनीहरूको व्यवस्थापन भएपछि दोस्रो चरणमा राज्यले जमिन प्रदान गर्ने कार्य थालनी गरिने उनले जानकारी दिइन् ।

थापाथलीमा अवैध रूपमा निर्माण गरिएका संरचना भत्काइएपछि ती परिवारलाई सरसामानसहित रङ्गशाला ल्याइएको हो । अहिले पनि सुकुमवासीहरू आफ्नो जाने थातथलो कहीँ नभएको भन्दै सरकारी सहयोगको खोजीमा रङ्गशाला आउने क्रम जारी छ ।

“वास्तविक सुकुमवासीहरू यहाँ आउनुभएको छ, अन्य आफ्नो व्यवस्था गरी गइसक्नुभएको छ”, प्रमुख केसीले भनिन्, “केही परिवार यहाँ आएर पनि सरकारले तोेकेको ठाउँमा नबस्ने भनी निस्कनुभएको छ ।” उनका अनुसार रङ्शालाभित्रै सुकुमवासीलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य महाशाखाको टोली खटिएको छ ।

सुकुमवासी परिवारलाई सुरक्षित बसोबासस्थलसम्म लैजाने क्रममा आइपर्ने स्वास्थ्य जटिलता न्यूनीकरण गर्न चिकित्सक, नर्स र प्यारामेडिक्ससहितको टोली खटिएको कामपाको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकल पर्सन ऋषि भुसालले जानकारी दिए ।

यसैबीच, थापाथलीस्थित सुकुमवासी बस्ती हटाउने काम सम्पन्न भएको छ । त्यहाँ अवैध रूपमा निर्माण गरिएको संरचना डोजर लगाएर हटाइएको छ । केही सुकुमवासी परिवार आफ्नो सरसामानलाई सुरक्षित रूपमा अन्यत्र लैजान खटिइरहेका छन् ।

सुरक्षाकर्मीलगायतको टोलीले अहिले सिनामङ्गल–गैरीगाउँ क्षेत्रमा रहेका अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ । सो क्षेत्रमा रहेका सुकुमवासी÷भूमिहीन परिवारले पनि सरकारको निर्देशन पालना गर्दै आफ्ना घरटहरा भत्काएर सरसामन सुरक्षित स्थानमा लगिरहेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ३ : १७ बजे

‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’

सुदूरपश्चिम । ‘साहुजी, अण्डा दिनुस् न !’, कलेज पोसाकमा रहेका

गगन थापाले गरे मधेश र कोशी प्रदेशका कांग्रेस नेताहरुसँग छलफल

काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली

सुनको मूल्य फेरि उकालो तर्फ

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुन

ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौं । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मधेस केन्द्रित दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेसबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक