१२ बैशाख २०८३, शनिबार | April 25, 2026

आज ५७२ सवारी चालकलाई कारबाही



काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज ५७२ वटा सवारी चालकलाई कारबाही गरिएको छ ।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ‘सप्राइज चेकिङ’का क्रममा ट्राफिक नियम पालना नगरी सवारी चलाउनेहरूलाई कारबाही गरिएको हो । यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी पाँच जनालाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी डिभिजन कार्यालयले जनाएको छ ।

यसैगरी रातो बत्ती उल्लङ्घन गर्ने १९, लेन अनुशासन पालना नगर्ने ४१ तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५०७ सवारी चालकलाई कारबाही गरिएको छ ।

प्रहरीले कानुनविपरीत तथा दण्डनीय कार्य नगर्न र चालक स्वयं, यात्रु तथा सडक प्रयोगकर्ता सबैको सुरक्षाबारे ध्यानदिन सबैलाई आग्रह गरेको छ । यदि चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न पनि अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८३, शनिबार  ९ : ५८ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा