१४ बैशाख २०८३, सोमबार | April 27, 2026

खाली गराइएको सुकुम्बासी बस्ती क्षेत्रमा तारबार गर्न कार्यबहाक मेयर डंगोलको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले सुकुम्बासी बस्ती हटाएर खाली गराइएको सार्वजनिक जग्गाको संरक्षणका लागि तत्काल काम अघि बढाउन निर्देशन दिएकी छन्।

थापाथलीस्थित बागमती नदी किनारामा खाली गरिएको क्षेत्रको स्थलगत निरीक्षण गर्दै उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गरागाईंलाई सुरक्षा र संरक्षणका उपाय तत्काल लागू गर्न निर्देशन दिएकी हुन्।

उनले हाल खाली गरिएका तथा आगामी दिनमा खाली गराइने सार्वजनिक जग्गामा तारबार लगाउन एकीकृत बागमती सभ्यता विकास समिति लगायत सम्बन्धित निकायसँग समन्वय गर्न र सार्वजनिक निर्माण विभागमार्फत काम सुरु गर्न आग्रह गरेकी छन्।

यसैबीच, कार्यवाहक मेयर डंगोलले इचङ्गुनारायणस्थित कोलोनी क्षेत्रको समेत निरीक्षण गरेकी थिइन्। महानगरले अव्यवस्थित बस्तीमा बसोबास गर्दै आएका वास्तविक भूमिहीन परिवारलाई त्यहाँ स्थानान्तरण गर्ने योजना बनाएको जनाएको छ।

महानगरले नदी किनार र सार्वजनिक पर्ती जग्गामा बनाइएका अनधिकृत संरचना हटाउने अभियानअन्तर्गत थापाथली क्षेत्रको बस्ती १२ वैशाखमै खाली गराइसकेको छ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार  ११ : ४९ बजे

ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : प्रदीप पौडेल

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन

नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण

सर्लाहीको लालबन्दीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु

बरहथवा । जङ्गली बँदेलको आक्रमणबाट सर्लाहीको लालबन्दीमा एक पुरुषको मृत्यु