१८ भदौ २०८३, बिहिबार | September 4, 2026

संविधान संशोधनको तयारी तीव्र, कार्यदलद्वारा कानुनविद्सँग परामर्श



काठमाडौं । सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल-२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा कानुन व्यवसायीहरूसँग विशेष छलफल आयोजना गरेको छ ।

कार्यदलले यसअघि संविधानविद्हरूसँग पनि छलफल गरिसकेको छ । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठन भएको कार्यदलले वैशाख १० गतेको बैठकको निर्णय बमोजिम परामर्श प्रक्रिया अघि बढाएको हो ।

कार्यदलले विभिन्न सरोकारवालासँगको छलफलबाट प्राप्त सुझावका आधारमा संविधान संशोधनसम्बन्धी ठोस बहसपत्र तयार गरी सरकारसमक्ष पेश गर्ने तयारी गरेको जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : २६ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो