१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द



रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया रसुवा भन्सार कार्यालय टिमुरेले अस्थायी रूपमा बन्द गरेको छ । आयात गरिएका खाद्य तथा गैरखाद्य वस्तुमा अनिवार्य रूपमा उपभोक्ताका लागि अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गरिएको स्टिकर नटाँसिएका पाइएपछि भन्सार कार्यालयले यस्तो निर्णय लिएको हो ।

नेपालको प्रचलित कानुनी व्यवस्थाअनुसार कुनै पनि देशमा उत्पादन भएका उपभोग्य वस्तु नेपाल भित्र्याउँदा उपभोक्ता संरक्षणका लागि प्रत्येक प्याकेटमा एमआरपी स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ । आयातकर्ता व्यापारीहरूले उक्त नियम पालना नगरी सामग्री ल्याएपछि भन्सार जाँचपास रोकिएको उक्त कार्यालयले जनाएको छ ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार उत्पादक कम्पनी वा आयातकर्ता व्यवसायीले उपभोक्ता मूल्य उल्लेख नगरी सामान आयात गर्नु नियमविपरीत भएकाले त्यस्ता सामग्रीको भन्सार मूल्याङ्कन तथा जाँचपास रोकिएको हो । हाल उद्योग तथा जलविद्युत् आयोजनासँग सम्बन्धित सामग्रीको भने मूल्याङ्कन गरी चलानी गरेर छाड्ने गरिएको उनले जानकारी दिए।

उपभोक्ता हित संरक्षणका लागि सरकारले जारी गरेका ऐन तथा नियम पालना गर्नु सबै सरोकार भएका निकायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै भट्टराईले चीनबाट सामान आयात गर्दा प्रत्येक प्याकेटमा अनिवार्य रूपमा एमआरपी उल्लेख गरेर मात्रै ल्याउन सबै आयातकर्ता व्यवसायीलाई आग्रह गरे।

एमआरपी स्टिकरबिना आयात गरिएका सयौँ ट्रक मालसामान हाल भन्सार हाताभित्र पार्किङ अवस्थामा रहेको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ । नियम कार्यान्वयन कडाइका साथ अघि बढाइएपछि आयात प्रक्रिया केही समय प्रभावित हुने देखिए पनि यसले उपभोक्ता अधिकार संरक्षणमा सकारात्मक प्रभाव पर्ने स्थानीयले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ४ : २७ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको