१३ भदौ २०८३, शनिबार | August 29, 2026

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द



रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया रसुवा भन्सार कार्यालय टिमुरेले अस्थायी रूपमा बन्द गरेको छ । आयात गरिएका खाद्य तथा गैरखाद्य वस्तुमा अनिवार्य रूपमा उपभोक्ताका लागि अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गरिएको स्टिकर नटाँसिएका पाइएपछि भन्सार कार्यालयले यस्तो निर्णय लिएको हो ।

नेपालको प्रचलित कानुनी व्यवस्थाअनुसार कुनै पनि देशमा उत्पादन भएका उपभोग्य वस्तु नेपाल भित्र्याउँदा उपभोक्ता संरक्षणका लागि प्रत्येक प्याकेटमा एमआरपी स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था रहेको छ । आयातकर्ता व्यापारीहरूले उक्त नियम पालना नगरी सामग्री ल्याएपछि भन्सार जाँचपास रोकिएको उक्त कार्यालयले जनाएको छ ।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार उत्पादक कम्पनी वा आयातकर्ता व्यवसायीले उपभोक्ता मूल्य उल्लेख नगरी सामान आयात गर्नु नियमविपरीत भएकाले त्यस्ता सामग्रीको भन्सार मूल्याङ्कन तथा जाँचपास रोकिएको हो । हाल उद्योग तथा जलविद्युत् आयोजनासँग सम्बन्धित सामग्रीको भने मूल्याङ्कन गरी चलानी गरेर छाड्ने गरिएको उनले जानकारी दिए।

उपभोक्ता हित संरक्षणका लागि सरकारले जारी गरेका ऐन तथा नियम पालना गर्नु सबै सरोकार भएका निकायको साझा जिम्मेवारी भएको उल्लेख गर्दै भट्टराईले चीनबाट सामान आयात गर्दा प्रत्येक प्याकेटमा अनिवार्य रूपमा एमआरपी उल्लेख गरेर मात्रै ल्याउन सबै आयातकर्ता व्यवसायीलाई आग्रह गरे।

एमआरपी स्टिकरबिना आयात गरिएका सयौँ ट्रक मालसामान हाल भन्सार हाताभित्र पार्किङ अवस्थामा रहेको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ । नियम कार्यान्वयन कडाइका साथ अघि बढाइएपछि आयात प्रक्रिया केही समय प्रभावित हुने देखिए पनि यसले उपभोक्ता अधिकार संरक्षणमा सकारात्मक प्रभाव पर्ने स्थानीयले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ४ : २७ बजे

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा