२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्दै ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन्।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत् अध्यादेश जारी भएको जानकारी दिएका छन् ।

विज्ञप्तिअनुसार २०८३ साल वैशाख १७ गते जारी गरिएको उक्त अध्यादेशले सार्वजनिक खरिद प्रक्रियामा आवश्यक सुधार तथा समयानुकूल व्यवस्थापन गर्ने उद्देश्य राखेको बुझिएको छ।

यसैबीच, राष्ट्रपति पौडेलले आजै सहकारीसम्बन्धी अर्को अध्यादेशसमेत जारी गरिसकेका छन्। सरकारले ल्याएका ६ वटा अध्यादेशहरू मध्ये अहिलेसम्म दुई वटा अध्यादेश जारी भएको छ । राष्ट्रपतिले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशबारे आजै कानूनविद्हरुसँग परामर्श गरेका छन् । उनले आफुले दुईपटक फिर्ता पठाएको विषयलाई अहिले कसरी प्रमाणिकरण गर्ने भन्ने विषयमा कानूनविद्हरुको सुझाव लिएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ८ : २३ बजे

देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा राति गाडी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)

राष्ट्रियसभा बैठक आज, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे

नारायणगढ-बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामा नारायणगढदेखि बुटवल

चितवन । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै

मनसुन सक्रिय : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।