१४ भदौ २०८३, आइतबार | August 30, 2026

रोल्पा दुर्घटनामा भएको मानवीय क्षतिप्रति प्रचण्डद्वारा दु:ख व्यक्त



रुकुमपूर्व । रोल्पामा आज भएको जीप दुर्घटनामा परी २० जनाको ज्यान गएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।

रुकुमपूर्वका सांसद समेत रहेका प्रचण्डले सामाजिक सञ्जालमार्फत् शोक सन्देश जारी गर्दै उनले उक्त घटनाले आफू स्तब्ध र मर्माहत बनेको बताएका छन्। उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका बासिन्दा रहेका छन्। उनले मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन्।

त्यस्तै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले घाइतेको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। मृतकका परिवारलाई उचित राहत र सहयोग उपलब्ध गराउन पनि उनले जोड दिएका छन्।

प्रचण्डले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन्। साथै, यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक सुरक्षा उपाय सुदृढ गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ८ : ४० बजे

रसुवा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया । रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी

प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने

ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

भोटेकोशी बाढी : खोज, उद्धार र राहत प्रभावकारी बनाउन रास्वपा सभापतिको निर्देशन

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार प्रयास जारी, सुरुङको ‘ब्रेक–थ्रु’

काठमाडौं । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना