१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

अमेरिकासँग कुनैपनि समय पुनः युद्ध सुरु हुनसक्ने ईरानको चेतावनी



तेहरान । ईरानले कुनै पनि समय पुनः अमेरिकासँग युद्ध सुरु हुनसक्ने चेतावनी दिएको छ ।

ईरानको सैन्य मुख्यालयले एक वक्तव्य जारी गर्दै अमेरिका र इरानबीचको युद्ध पुनः सुरु हुने “सम्भावना रहेको” जनाएको छ। वक्तव्यमा प्रमाणहरूले अमेरिका कुनै पनि सहमति वा सन्धिप्रति प्रतिबद्ध नभएको देखाएको उल्लेख गरिएको छ।

यो तेहरानको मूल्याङ्कन र प्रतिक्रिया हो। ईरानी पक्षका अनुसार, युद्धअघि भएका वार्ताहरू, इस्लामाबादमा सम्पन्न छलफलहरू तथा युद्धविरामको अवधिमा आफूहरूले पर्याप्त लचिलोपन देखाएका थिए। तर उनीहरूको भनाइ अनुसार, अमेरिकाबाट भने त्यस्तो व्यवहार देखिएको छैन। र्इरानले हरेकपटक आफ्ना मागहरू नरम बनाउँदै जाँदा अमेरिकाले उल्टै थप आक्रामक र कडा अडान लिँदै गएको आरोप छ।

केही अपुष्ट रिपोर्टहरूमा भनिएअनुसार, अमेरिकी राष्ट्रपति ट्रम्पले अस्वीकार गरेको प्रस्तावमा ईरानले आफ्नो केही मागहरू, जस्तै नाकाबन्दी हटाउने विषय, समेत घटाएको थियो।
यसको सट्टा, इरानी पक्षले हर्मुज जलडमरूको स्थिति र प्रतिबन्धहरू हटाउने विषय पहिले छलफल हुनुपर्ने बताएको छ। त्यसपछि मात्रै आणविक मुद्दाजस्ता ठूला विषयमा अघि बढ्न सकिने उनीहरूको भनाइ छ।

हालका लागि, दुवै पक्षबीच दूरी कायमै रहेको छ। ईरानी अधिकारीहरूका अनुसार अमेरिकी मागहरू वार्ताका लागि नभई आत्मसमर्पण गराउने उद्देश्यले अघि सारिएका छन्, जुन स्वीकार्य विकल्प होइन।

समग्रमा, तेहरानको वर्तमान मूल्याङ्कन अनुसार युद्धको अर्को चरण सुरु हुने सम्भावना उच्च रहेको छ र त्यसअनुसार तयारी भइरहेको छ।

प्रकाशित मिति : १९ बैशाख २०८३, शनिबार  ३ : ५४ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति