५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

स्थानीय तहमा रास्वपा उम्मेदवार बन्न ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’ अनिवार्य



काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रियामा कडाइ गर्ने निर्णय गरेको छ।

पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूले ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’बाट अनिवार्य रूपमा उत्तीर्ण हुनुपर्ने व्यवस्था गरिएको हो ।

आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए। उनका अनुसार उम्मेदवारका आकांक्षी धेरै हुने सम्भावनालाई मध्यनजर गर्दै छनोट प्रक्रियालाई व्यवस्थित, प्रतिस्पर्धात्मक र पारदर्शी बनाउन यो नयाँ व्यवस्था लागू गरिएको हो।

यसअघि नै रास्वपाले सह–महामन्त्री विपिनकुमार आचार्य को संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गरिसकेको छ। समितिको सचिवमा केन्द्रीय सदस्य रामकुमार (आरके) ढुंगाना रहेका छन् भने अन्य सदस्यमा संघीय सांसदसहित पाँच जना रहेका छन्।

उक्त समितिले तयार पारेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा–२०८३’ को मस्यौदा प्रतिवेदन पार्टी सभापति रवि लामिछाने लाई बैठकमै हस्तान्तरण गरिएको थियो। बैठकमा महाधिवेशन कार्यविधि–२०८३, संसदीय दलको विधान संशोधन लगायत विषयमा पनि छलफल भइरहेको पार्टीले जनाएको छ।

नयाँ मापदण्डअनुसार ‘क्यान्डिडेट क्लब’ र ‘लिडरसिप एकेडेमी’लाई उम्मेदवार छनोटको आधार बनाउने निर्णयलाई रास्वपाले आन्तरिक क्षमता विकास, नेतृत्व परीक्षण र योग्य उम्मेदवार छनोटको महत्वपूर्ण उपकरणका रूपमा प्रस्तुत गरेको छ।

रास्वपाले आगामी स्थानीय तह निर्वाचनका लागि अहिलेबाटै रणनीतिक तयारी सुरु गरेको जनाएको छ। २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल २०८४ मा सकिने भएकाले पार्टीले स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई सँगै लक्षित गर्दै दीर्घकालीन तयारी अघि बढाएको हो।

 

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ३ : ३९ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही