१९ असार २०८३, शुक्रबार | July 3, 2026

सिद्धबाबा मन्दिर विकास समितिको अध्यक्षमा अरविन्द पाण्डेय चयन



बुटवल । सिद्धबाबा मन्दिर विकास समिति तिनाउ-३, दोभान पाल्पाको अध्यक्षमा अरविन्द पाण्डेय निर्वाचित भएका छन् । वार्षिक साधारणसभा तथा अधिवेशनबाट पाण्डेयको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा शेरजंग थापा, सचिवमा बिष्णु प्रसाद पाण्डेय, सहसचिवमा कुमारी खड्का र कोषाध्यक्षमा तोया लम्साल चयन भएका छन् । सदस्यहरूमा सन्तोष शेरचन, रामबहादुर थापा, दुर्गा श्रेष्ठ, नयना क्षेत्री, कमल श्रेष्ठ, वर्षा रायमाझी, नारायण प्रसाद घिमिरे र चित्रबहादुर थापा रहेका छन् ।

निर्वाचन समितिका संयोजक महेन्द्र पाण्डेका अनुसार कार्यसमितिमा पारदर्शिता कायम गर्न पालिकाबाट ७ जना, राजनीतिक दलबाट ६ जना, पुजारीबाट २ जना र २ जना मनोनित गरी १७ सदस्यीय संरचना बनाइएको हो ।

कार्यक्रममा संस्थाका अध्यक्ष सन्तोषकुमार शेरचनले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै आफ्नो कार्यकालमा भएका विकास निर्माणका गतिविधिबारे जानकारी गराए ।

साधारणसभाको उद्घाटन गर्दै तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सिद्धबाबा धामलाई पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याए। उनले मन्दिर व्यवस्थापनमा समयको सदुपयोग महत्वपूर्ण हुने उल्लेख गरे ।

कार्यक्रममा समितिका उपाध्यक्ष लालबहादुर थापा र सल्लाहकार दलबहादुर गुरुङले सिद्धबाबा क्षेत्रलाई धार्मिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना बनाउन सुझाव दिएका थिए ।

कोषाध्यक्ष कुमारी खड्काले आर्थिक वर्ष ०८१/०८२ मा संस्थाको आम्दानी १ करोड ७ लाख रुपैयाँ र खर्च ९६ लाख रुपैयाँ रहेको विवरण प्रस्तुत गरिन् ।

प्रकाशित मिति : २० बैशाख २०८३, आइतबार  ३ : ५६ बजे

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छ : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद् बैठक

‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक कार्यकुशलता र सुशासनलाई

रुपन्देहीका बिभिन्न स्थानबाट सुनको सिक्री लूटपाट गर्ने ५ जना पक्राउ

बुटवल । रुपन्देही जिल्लाका बिभिन्न स्थानहरुबाट फरक फरक मितिहरुमा सुनका

एक महिनामा मुस्ताङ भित्रिए ८० हजार विदेशी पर्यटक

मुस्ताङ । सन् २०२६ को जुन महिनामा ८० हजार २५३