१० भदौ २०८३, बुधबार | August 26, 2026

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै



काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मंगलबार संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्य सचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकसँग छलफल गर्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म उक्त परामर्श गर्न लागेको हो । कार्यदलका सदस्य सचिव लिलाधर सुवेदीका अनुसार, छलफलका क्रममा सहभागी विज्ञहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव समेत संकलन गरिनेछ ।

गत वैशाख १० गते बसेको कार्यदलको बैठकले पूर्व उच्च पदस्थ अधिकारी, पूर्व मुख्य सचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार यो छलफल आयोजना गरिएको हो ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ५६ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ