२१ बैशाख २०८३, सोमबार | May 4, 2026

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी



बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । सिद्धेश्वर खेलमैदानमा हुने प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा परिवारका अध्यक्ष सुरेन्द्र थापाले पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै दोस्रो संस्करणलाई अझ भव्य बनाउने तयारी अन्तिम चरणमा पुगेको बताए ।

प्रतियोगितामा यस वर्ष पुरस्कार राशी वृद्धि गरिएको छ । विजेताले २ लाख ५० हजार, उपविजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोकृष्ट खेलाडीलाई २५ हजार र अन्य विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १०/१० हजार रुपैयाँ प्रदान गरिनेछ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष पदमराज गाहाले खेलकुद विकासमा स्थानीय सरकार सधैं साथमा रहने प्रतिबद्धता जनाए । उनले खेलाडीलाई व्यावसायिक बनाउने अभियानमा सहयोग गर्ने पनि बताए ।

आयोजकका अनुसार प्रतियोगितामा दर्शकका लागि करिब ३ हजार क्षमताको अस्थायी प्याराफिट निर्माण गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न करिब २७ लाख ८५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

वैशाख २६ देखि जेठ २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ट्रिनेटी युवा क्लब वालिङ, राइजिङ स्टार क्लब कपिलवस्तु, पद्मा स्पोर्ट्स क्लब ओखलढुंगा, आरएस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाडौं, संकटा क्लब काठमाडौं, मकवानपुर फुटबल एकेडेमी हेटौंडा तथा आयोजक टोली गरी ८ टिमको सहभागिता रहनेछ ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ३ : ५७ बजे

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै

काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले