५ श्रावण २०८३, मंगलबार | July 22, 2026

पन्ध्रदिने मूर्तिकला कार्यशाला सम्पन्न



मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि सुरु भएको पन्ध्रदिने मूर्तिकला कार्यशाला आज सम्पन्न भएको छ ।

ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा घरपझोङ गाउँपालिका र एकीकृत सेवा कार्यालय मुस्ताङको संयुक्त आयोजनामा भएको कार्यशालामा २१ भन्दा बढी मूर्तिकार सहभागी भएका थिए ।

कार्यशालामा चार पुस्ताका मूर्तिकारले यहाँका ढुङ्गामा दुई दर्जनभन्दा बढी मूर्ति सिर्जना गर्दै अन्तरपुस्ता सीप हस्तान्तरणको अभ्यास गरेका थिए । मूर्तिकला र आर्टस् पेन्टिङमा विगत २५ वर्षदेखि कार्यरत अङ्ग्रज मूर्तिकार हेटौँडाका लक्ष्मण भुजेलले यहाँ चलेको कार्यशाला विश्वकै अग्लो उचाइमा आयोजना भएको दाबी गरे । यहाँको उचाइ समुन्द्री सतहदेखि करिब दुई हजार ७०० मिटर रहेको छ ।

विश्वका आधा दर्जनभन्दा बढी देशमा भएका यसप्रकारका कार्यशालामा सहभागी भुजेलले मूर्तिकला संस्कृतिले ऐतिहासिक, धार्मिक र सांस्कृतिक विषय वस्तुलाई पछिल्ला पुस्तासम्म जीवन्त तुल्याउने उनले बताए ।

त्रिभुवन विश्व विद्यालयमा सेन्टर डिपाटमेन्ट अफ फाइन आर्टस विषयमा अध्ययनरत रामेछापकी मूर्तिकार करुणा श्रेष्ठले यहाँको प्रतिकूल मौसमसँग घुलमिल भएर काम गर्ने अवसर पाउँदा पृथक अनुभव सङ्गाल्न पाएको उल्लेख गरिन् ।

प्रकाशित मिति : २१ बैशाख २०८३, सोमबार  ६ : २७ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं